झापा । कम्बोडियाको पोइपेटस्थित ग्रान्ड डायमन्ड सिटी भवनमा आगलागी परी ज्यान गुमाएका झापा बिर्तामोड निराकार पाण्डेको शव शुक्रवारसम्ममा नेपाल ल्याइने भएको छ ।
यसअघि मंगलवार नै उनको शव नेपाल ल्याउने भनिए पनि कानूनी प्रावधानका कारण उनको शव नेपाल ल्याउन ढिलाइ भएको उनका भाइ निश्चल पाण्डेले जानकारी दिए ।

उनले भने– सरकारी तवरबाट शव ल्याउने प्रक्रिया अघि बढाइए पनि ढिला हुने भएकाले व्यक्तिगत तवरबाटै शव ल्याउने पहल थालिएको छ । शुक्रवारसम्ममा दाजुको शव नेपाल आइपुग्छ ।
बिर्तामोड नगरपालिका–१ निवासी निराकारको गत विहीवार आगलागीमा परी मृत्यु भएको थियो । उनी बिर्तामोड नगरपालिका–१का वडाध्यक्ष अग्नि पाण्डेका माइला छोरा हुन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



