२०८३ जेष्ठ २१ बिहीबार

महँगी ७.५२ प्रतिशतले बढ्यो

राष्ट्र बैंकले वार्षिक औसत मूल्यवृद्धि ६.५ प्रतिशतमा कायम गर्ने लक्ष्य लिएको छ।

गत आर्थिक वर्षको साउनमा नेपालीहरूले ८.२६ प्रतिशतको महँगी खेपिरहेका थिए।

खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मरमसलाको ४५.५६ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थमा १३.२० प्रतिशत, दूध, अण्डाको १२.१९ प्रतिशत, रेष्टुरेण्ट तथा होटलबाट प्राप्त सेवामा ११.०५ प्रतिशत र तरकारीमा १०.८० प्रतिशतले मूल्य वृद्धि देखिएको छ। घ्यू, तेलमा १५.१३ प्रतिशतले महँगी घटेको छ।

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृतिमा १५.५५ प्रतिशत, शिक्षा सेवाको ९.१० प्रतिशत, घरायसी उपयोगका वस्तुहरूमा ६.९३ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणहरूको ६.७९ प्रतिशतले बढेको छ। यातायात ०.८१ प्रतिशतले महँगी घटेको छ।

काठमाडौं उपत्यकाका मानिसहरूले ८.५० प्रतिशतको मूल्य वृद्धि खेपिरहँदा तराईमा ६.७० प्रतिशत, पहाडमा ७.५० प्रतिशत र हिमालमा ११.४६ प्रतिशत महँगी देखिएको छ।

२०८० भाद्र ३१, आईतवार प्रकाशित 0 Minutes 265 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।