काठमाडौं । काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा रहेको दिव्य सःमिलमा हत्या भएका चारजनाको शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ ।
प्रहरीले शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल पठाएको जनाएको छ

दिव्य सः मिलभित्र गएराति खुकुरी प्रहार गरी हत्या गरिएको अवस्थामा चारजनाको शव फेला परेको थियो ।
मृत्यु हुनेमा दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती करिब ५० वर्षकी अम्बिका भुजेल र आमा वर्ष ७५ की शुभद्रा भुजेल रहेका छन् । यस्तै मोरङ घर भएका १९ वर्षका नवीन राई रहेको हत्या भएको थियो ।
धनकुटाका वर्ष २४ का दीपेन्द्र राईलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



