२०८३ जेष्ठ २१ बिहीबार

धरानका उपमेयरको घरमा तोडफोड

२६ भदौ, विराटनगर । धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघाको घरमा एक समूहले तोडफोड गरेको छ । सोमबार बेलुका  धरान- १५ स्थित बेघाको घरमा भएको तोडफोडबाट झ्यालको सीसा फुटेको छ ।

उपमेयरका कान्छा भाइ बिष्णुलाई आक्रमण गर्न आएको समूहले घरमा तोडफोड गरेको हो । उपमेयर बेघाले अराजक समूहले आक्रमण गरेपछि तत्कालै प्रहरीलाई खबर गरेपनि प्रहरी नआएको बताए ।

 ‘प्रहरी समयमा आएन’, बेघाले भने, ‘प्रहरी समयमै  नआएका कारण अराजक समूह भाग्यो ।’ आक्रमणबाट घरमा सामान्य क्षति पुगेको उनले बताए ।

सुनसरीका प्रहरी प्रमुख एसपी विपीन गौतमले उपमेयरको घर तोडफोड गर्ने समूहको खोजी भइरहेको बताए ।

२०८० भाद्र २६, मंगलवार प्रकाशित 1 Minute 465 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।