मेचीनगर । मेचीनगर नगरपालिका वडा नम्बर १ तिरिङ दोभानस्थित मेची नदीमा हाम फालेकी एक महिलाको सकुशल उद्धार गरिएको छ । शुक्रबार नदिमा हाम फाल्न लागेकी महिलालाई सशस्त्र प्रहरीले उद्दार गरेको हो ।
इलामको रोङ गाउँपालिका–६ बस्ने ४० वर्षीया सोमा तामाङले नदीमा हाम फालेको जानकारी पाएलगत्तै खटिएको सशस्त्र प्रहरीको टोलीले उनको सकुशल उद्धार गरेको हो । उनलाई आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



