२०८३ जेष्ठ २८ बिहीबार

अर्जुनधारामा १७ वर्षीया बालिकालाई बलात्कार गर्ने पक्राउ

झापा । झापामा १७ वर्षीया बालिकालाई जबरजस्ती करणी (बलात्कार) गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका ४ टाङटिङ बस्ने २३ वर्षीय विवेक अधिकारी रहेका छन् ।

प्रहरीका अनुसार अधिकारीले ती बालिकालाई सोही ठाउँस्थित टाङटिङ खोलाको डिल नर्सरी घारीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

२०८० भाद्र २२, शुक्रबार प्रकाशित 0 Minutes 387 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।