२०८३ जेष्ठ २१ बिहीबार

झापामा कबड्डी खेल्दाखेल्दै एक खेलाडीको मृत्यु

दमक । झापाको दमकमा कबड्डी खेल्दाखेल्दै एक खेलाडीको मृत्यु भएको छ । मृत्यु हुने कबड्डी खेलाडी सङ्खुवासभाको भोट खोला गाउँपालिका- ४ स्थायी घर भएका १८ वर्षीय लाप्चक भोटे रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दमक ४ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा कबड्डी खेल्दाखेल्दै भोटे घाइते भएका थिए ।

दमक–४ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानको खेलमैदानमा आयोजित कबड्डी खेल क्रममा सिभिल इन्जिनियर डिप्लोमा फर्स्ट लेभलका भोटे अचानक बेहोस भएका थिए । खेल सुरु भएको ३ मिनेटमा बेहोस भएको उनलाई तत्काल उपचारका लागि उर्लाबारीस्थित गोदावरी हस्पिटलमा लगिएको थियो ।

गोदावरीमा उपचार सम्भव नभएपछि तत्कालै बिर्तामोडस्थित बिएण्डसी हस्पिटल रेर्फर गरिएको थियो । उनलाई उपचारका लागि बिर्तामोडतर्फ ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।  भोटे जिल्लास्तरीय खेलाडी रहेका थिए । प्रतियोगितामा उनी टिम क्याप्टेन रहेको प्रतिष्ठानले जनाएको छ ।

२०७९ पुष २०, बुधबार प्रकाशित 1 Minute 605 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।