काठमाडौं । पेप्सीकोला–काँडाघारी सडकखण्डमा भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ। आइतबार बिहान जडीबुटीबाट पेप्सीकोलातर्फ जाँदै गरेको बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको हो ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्र भट्टका अनुसार सर्लाहीका २८ वर्षीय राज भट्टराईको मृत्यु भएको हो। उनी बागमती प्रदेश–०२–०४१ क ४८३८ नम्बरको मोटरसाइकल चालक हुन्। सिभिल अस्पतालमा उनको मृत्यु भएको प्रहरी प्रभाग काडाँघारीले जनाएको छ ।

दुर्घटनामा परेर ६ जना घाइते भएका छन्। उनीहरूको उपचार सिभिल अस्पतालमै भइरहेको प्रहरीले जनाएको छ।
आइतबार बिहान बा३ ख ४८४८ नम्बरको बसले मोटरसाइकलसहित बा ६ च ५३४२ नम्बरको पिकअप र बागमती प्रदेश–०२–०३७ प ५३११ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।
बस चालक रामेछापको लिखुतामाकोशी-२ घर भई हाल पेप्सीकोला बस्ने २४ वर्षीय जनक राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



