२०८१ बैशाख १७ सोमबार

मेचीनगर सहकारी समन्वय संयोजकमा विपी

मेचीनगर, २० पुस । धुलाबारीमा बुधबार सम्पन्न एक भेलाले मेचीनगर सहकारी समन्वय समिति गठन गरेको छ ।

क्रियाशील सहकारीका प्रतिनिधि सहभागी भेलाबाट विपी भट्टराईको संयोजकत्वमा सहकारीको नगर समिति निर्माण गरिएको हो । जिल्लाबाट उनलाई यसअघि नै नगरको संयोजक तोकिएको थियो ।

समितिको सह-संयोजकमा हिम्मत क्षेत्री, सचिवमा राजु दाहाल, सहसचिवमा होमराज गुरुङ छन् । समितिको सदस्यमा कुवेर पौडेल, नगेन्द्र काफ्ले, शिव पोखरेल, राधा प्रधान, जानुका ओली, रुपा पौडेल र जगन भट्टराई छन् ।

मेचीनगरमा ५७ वटा सहकारी सञ्चालित छन् । ती सबै सहकारी जिल्ला सहकारी संघमा दर्ता छन् । सहकारी क्षेत्रलाई व्यवस्थित रुपमा सञ्चालन गर्न समन्वय समितिले भूमिका खेल्ने बताइएको छ । भेला जिल्ला सहकारी संघका सहसचिव कृष्ण मिश्रको अध्यक्षतामा सम्पन्न भएको थियो ।

२०७९ पुष २०, बुधबार प्रकाशित 1 Minute 307 Views

ताजा समाचार