भद्रपुर । भद्रपुरमा पानीमा डुबेर एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका १० निवासी ७३ वर्षीया शिव कुमारी ढकाल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बुधबार बिहान भद्रपुर १० स्थित केन्द्रमोड नजिकैको खाल्डोमा जमेको पानीमा डुबेर वृद्धा ढकालको मृत्यु भएको थियो । डुबेको अवस्थामा वृद्धाको मृत फेला परेको सूचना पाए लगतै प्रहरी टोलीले घटनास्थल पुगेर कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



