५० करोड अमेरिकी डलर र सरकारको १३ करोड डलर लागत रहेकामा ३ सबस्टेसनका लागि ६ करोड ७० लाख डलर थपसहित कुल लागत ६९ करोड ७० लाख डलर
काठमाडौं । पाल्पाको तानसेन नजिकै गुडिरहेको स्कोरपियो गाडी पहिरोमा पुरिँदा तीन जनाको मृत्यु भएको छ ।
लु १ ज ४६०० नम्बरको स्कोरपियो पहिरोमा परेको हो । बिहान गुल्मीको तम्घासबाट बुटवल जाँदै गरेको गाडी तानसेन नगरपालिकाकै जोर्तेमा पहिरोमा पुरिएको थियो । पुरिएर एक महिला र दुई पुरुषको मृत्यु भएको बताइए पनि पहिचान भने हुन सकेको छैन ।

दुर्घटनामा घाइते भएकालाई उपचारका लागि पाल्पा मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेज प्रभास लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



