२०८३ जेष्ठ २९ शुक्रबार

काँग्रेस महामन्त्री गगन थापा मेचीनगर आउँदै

मेचीनगर । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापा मेचीनगर आउने भएका छन् । यहि भदौ १६ गते नेपाली कांग्रेसको नगर सम्मेलनलाई सम्बोधन गर्न काँग्रेस महामन्त्री थापा मेचीनगर आउने भएका हुन् ।

१६ गते पासाङ ल्हामू स्मृति जेसीज प्रतिष्ठान धुलाबारीमा तय भएको नगर सम्मेलनको उद्घाटन नै महामन्त्री थापाले गर्ने नेपाली कांग्रेस मेचीनगर सभापति सुवेश कुमार पनेरु (सुदय)ले जानकारी दिए ।

नगर सम्मेलनमा प्रदेश, जिल्ला, क्षेत्र, नगर, वडादेखि टोलसम्मका सम्पूर्ण कमिटीहरुलाई उपस्थितीका लागि जानकारी गराइसकिएको र सम्मेलनमा एक हजार बढीको उपस्थिती रहने उनले बताए ।

२०८० भाद्र १०, आईतवार प्रकाशित 0 Minutes 658 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।