२०८१ बैशाख १६ आईतवार

दवाब र प्रभावमा नपर्ने झापा प्रहरी प्रमुख रेग्मीको प्रतिबद्धता

झापा । जिल्ला प्रहरी कार्यालय झापाको नेतृत्व संहाल्न आइपुगेका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले आफ्नो जिम्मेवारी दवाव र प्रभावमा नपरी सेवाग्राहीको भावना अनुसार पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

अपराध अनुसन्धान शाखाबाट सरूवा भइ भर्खरै झापा प्रहरीको नेतृत्व संहाल्न आइपुगेका उपरीक्षक रेग्मीले सञ्चारकर्मीहरूसँग कुरा गर्दै आवाजविहिनका आवाज सुन्दै कसैको आग्रह वा पूर्वाग्रहमा नपरी पेशागत जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

रेग्मी झापामा प्रहरी निरीक्षक, नायव उपरीक्षक र उपरीक्षक गरी तेस्रो पटक कार्य स्थलमा खटिएका हुन् । उनले खुल्ला सिमानाका कारण हुने चोरी, तस्करी तथा लागु औषध कारोवार जस्ता आपराधिक कार्य नियन्त्रणमा ध्यान दिने जनाउँदै पछिल्लो समय आत्महत्याका घटनामा भइरहेको बृद्धि रोक्न पनि विशेष कदम चाल्ने उल्लेख गरेका छन् ।

उपरीक्षक रेग्मीले सेवाग्राहीका समस्या सुन्न झापा प्रहरीका सवै युनिटलाई व्यवस्थित बनाउँदै आवाज नहुनेका बोली सुनेर न्यायको वातावरण समेत निर्माण गर्ने बताएका छन् ।

२०७९ पुष १८, सोमबार प्रकाशित 0 Minutes 492 Views

ताजा समाचार