२०८३ जेष्ठ २९ शुक्रबार

बिर्तामोड मिलडाँडाको एक पसलमा आगलागी

बिर्तामोड  ।  बिर्तामोड नगरपालिका- ७ स्थित मिलडाँडामा आगलागी भएको छ । दुर्गा घिमिरेको पसल रहेको घरमा आगलागी हुँदा करिब दुई लाख मुल्य बराबरको क्षति भएको छ । मङ्गलवार साँझ साढे ७ बजेतिर पूजा कोठामा बालेको दियो मुसाले लगेपछि त्यहीबाट आगो सल्किएको बताइएको छ ।

बिर्तामोड नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा करिब एक घण्टापछि आगो नियन्त्रणमा लिइएको बिर्तामोड ७ का वडाध्यक्ष अविरल कृष्ण खरेलले जानकारी दिए ।

२०८० भाद्र ५, मंगलवार प्रकाशित 1 Minute 415 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।