झापा । झापामा अनिश्चितकालिन राहदानी सेवा अवरुद्ध भएको छ । जिल्ला प्रशासन कार्यालय झापाले सोमबार एक सूचना जारी गर्दै सोमबारदेखि राहदानी सेवा अवरुद्ध भएको जानकारी गराएको हो ।
विद्युतीय राहदानीको अनलाइन प्रणाली सम्बन्धी सफ्टवेयरमा समस्या आएको कारणले अनलाइन कार्य हुन नसकेको र उक्त समस्या समाधान गर्न केही समय लाग्ने भन्ने राहदानी विभागबाट जानकारी प्राप्त भएको हुँदा अर्को सूचना जारी नभएसम्म लागि बायोमेट्रिक तथा फोटो खिच्ने कार्य अवरुद्ध भएको सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालले जारी गरेको सूचनामा उल्लेख छ ।


यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



