२०८३ जेष्ठ २९ शुक्रबार

काँकरभिट्टामा ब्राउन सुगरसहित एक जना पक्राउ

काँकरभिट्टा । मेचीनगर नगरपालिका-६ मा लागु औषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार दिउँसो इलाका प्रहरी कार्यालय काँकरभिट्टाको प्रहरी टोलीले स्थानीय ३२ वर्षीय वसन्त राईलाई शङ्का लागी चेकजाँच गर्दा उनको साथबाट १ ग्राम ८ सय मिलिग्राम ब्राउन सुगर फेला पारेका थिए । पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

२०८० भाद्र ४, सोमबार प्रकाशित 1 Minute 543 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।