हल्दिबारी । हल्दिबारीमा विषालु सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका–२ निवासी अन्दाजी ४५ वर्षीया जितेन राजवंशी रहेकी छिन् ।
उनलाई शनिबार दिउँसो घरमै विषालु सर्प करेतले डसेको थियो । सर्पको डसाइबाट गम्भीर घाइते भएकी उनलाई उपचारको लागि सर्पदंश उपचार केन्द्र चारआली लगिएको थियो ।

स्वास्थ्य अवस्था जटिल बनेपछि त्यहाँ उपचार नहुँदा उनलाई थप उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्याउन साथ चिकित्सकले मृत घोषित गरेका थिए । श्रीमान् राम राजवंशी, दुई छोरा र दुई छोरीसहित उनी सरस्वती आधारभूत विद्यालय परिसरभित्र बसोबास गर्दै आएकी थिइन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



