२०८३ जेष्ठ २९ शुक्रबार

बलात्कारको आरोपमा युवा संघका बेलबारीका अध्यक्ष पक्राउ

बेलबारी । नेकपा (एमाले)को भातृ संगठन युवा संघका बेलबारी नगर अध्यक्ष ३४ वर्षीय काशीराज तामाङलाई प्रहरीले पक्राउ गरेको छ।  मोरङको बेलबारी नगरपालिका–१० घर भएका उनलाई बलात्कार आरोपमा प्रहरीले साउन ३२ गते बिहीबार पक्राउ गरेको हो। आफूलाई असार २ गते बलात्कार गरेको भनेर २० वर्षीया युवतीले किटानी जाहेरी दिएपछि पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।

उनका अनुसार तामाङविरुद्ध साउन २४ गते किटानी जाहेरी परेको थियो। तामाङ रेस्टुरेन्ट पनि चलाउँछन्। उनीविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन म्याद थप गरेर घटनाको अनुसन्धान सुरु गरिएको डीएसपी दाहालले बताए।

२०८० भाद्र २, शनिबार प्रकाशित 0 Minutes 450 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।