मेचीनगर । मेचीनगर नगरपालिका–८ निवासी ४३ वर्षीय सुन्दर किसानको घाटी रेटेर हत्या गरेको प्रहरीले जनाएको छ । सुन्दरको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरिसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उनको हत्या आफन्तजनबाटै भएको र घटनाको विस्तृत जानकारी भोलि शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी गराउने प्रहरीले जनाएको छ । गाई गोरु किनबेच पेसा गर्दै आइरहेको सुन्दरको हँसियाले घाटी रेटेर हत्या गरिएको छ । हत्यामा प्रयोग भएको हँसिया प्रहरीले फेला पारिसकेको छ ।

उनको शव बिहीबार बिहान साढे २ बजेको समयमा मेचीनगर- ८ स्थित इँटाभट्टा उत्तर खोल्सा नजिककै झारीमा फेला परेको हो । मृतक सुन्दर बुधवार साँझ ६ बजे घरबाट निस्किएका थिए । रातभरि घर नफर्किएका श्रीमानको चप्पल घरदेखि डेढ किलोमिटर पर सडकमा उनका श्रीमतीले बिहीबार बिहान ७ बजे देखेकी थिइन् ।
चप्पल नजिकै रगत थोपाहरू देखा परेपछि उनले तत्काल प्रहरीलाई खबर गरेकी थिइन् । त्यसपछि जिल्ला प्रहरी कार्यालय झापा र प्रदेश प्रहरी कार्यालय विराटनगरको आरआइटीको संयुक्त टोलीले घटनाको अनुसन्धान गरेका थिए ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



