२०८३ जेष्ठ २९ शुक्रबार

उर्लाबारीमा बससँग मोटरसाइकल ठोक्किँदा झापाका पौडेलको मृत्यु

झापा । मोरङको उर्लाबारी नगरपालिका-३ सोल्टी पुलमा शुक्रबार दिउँसो यात्रुबाहक बसमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १ ख २४२३ नम्बरको बसको पछाडि सोही दिशातर्फ जाँदै गरेको को १३ प ६१३० नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार दिउँसो साढे ३ बजेतिर दुर्घटना हुँदा मोटरसाइकल चालक झापाको कमल गाउँपालिका-१ का ४३ वर्षीय गोपालप्रसाद पौडेलको मृत्यु भएको छ।

बसमा मोटरसाइकल ठोक्किँदा गम्भीर घाइते भएका पौडेललाई उपचारका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगिएको थियो। अस्पताल पुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरेको डीएसपी दाहालले बताए।

२०८० भाद्र १, शुक्रबार प्रकाशित 1 Minute 574 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।