२०८३ जेष्ठ २१ बिहीबार

सताक्षीधामको दान पेटिका चोरी, चोरको निशानामा मठमन्दिर

सताक्षीधाम । सताक्षीधामको दान पेटिका चोरी भएको छ । आइतबार राती दान पेटिका चोरी भएको सताक्षीधाम धार्मिक तथा पर्यटकीय विकास समितिका उपाध्यक्ष उदयप्रकाश राईले जानकारी दिए ।

सताक्षीधामसंगै गोलोक गोवर्धन गौशालाका पनि दान पेटिका फुटाएर त्यस भित्रका भेटी रकम चोरी भएको छ । गौशालाका तीन वटा दान पेटिका फुटाएर भेटी चोरी भएको हो भने सताक्षीधामको दान पेटिका नै गायब छ । फलामे साङ्लामा गर्भे ताला लगाइएको थियो । चोरले फुटाउन नसकेपछि धामको दान पेटिका नै चोरी भएको उपाध्यक्ष राईले बताए ।

दान पेटिकामा कति रुपैयाँ थियो भन्ने यकिन छैन । गौशालाका दान पेटिका बालाचतुर्दसी मेलाको भोलि पल्ट खोलिएको थियो । त्यस पछि खोलिएका थिएनन् । गौशालाको सन्त निवासको दान पेटिका भने सुरक्षित छ । त्यहाँ करिब २० हजार भेटी रहेको अनुमान गौशाले गरेको छ । यो एक महिना अवधिको दान भेटी भएको व्यवस्थापक न्यौपानेले बताए ।

सताक्षीधामको दिगम्बेस्वर महादेव मन्दिरको दान पेटिका गएको भदौमा पनि चोरी भएको थियो । त्यस बेला पनि घटनामा संलग्नको पहिचान हन सकेको थिएन ।

२०७९ पुष १८, सोमबार प्रकाशित 0 Minutes 990 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।