२०८३ जेष्ठ २१ बिहीबार

डेंगी संक्रमितको संख्या १५ हजार नाघ्यो

काठमाडौं । नेपालमा डेंगी संक्रमितको संख्या १५ हजार नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकानुसार जनवरीयता अगस्ट १७ सम्म १५ हजार ३९४ जनामा संक्रमण पुष्टि भएको छ ।

डेंगीका कारण यो वर्ष १२ जनाको मृत्यु भएको छ ।

डेंगीबाट सैभन्दा धेरै कोसी र वाग्मती प्रदेश प्रभावित बनेका छन् । कोसीमा ११ हजार ३७८ र वाग्मतीमा दुई हजार ४६४ जना संक्रमित छन् ।

काठमाडौं उपत्यकाका तीन जिल्लामा ४३४ जना संक्रममित भएका छन् ।

पछिल्लो साता वाग्मती उपत्यकाका तीन जिल्लासहित धादिङमा संक्रमण बढिरहेको ईडीसीडीको तथ्यांकले देखाएको छ । धादिङमा डेंगी संक्रमितको संख्या एक हजार ७५६ पुगेको छ ।

२०८० भाद्र १, शुक्रबार प्रकाशित 0 Minutes 466 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।