गत असार १५ गते स्थगित भएको बैठक आज बस्न लागेकाे हाे । सभामुख बाबुराम गौतमले राजीनामा दिएकाले उपसभामुख सृजना दनुवारले बैठक सन्चालन गर्नेछिन् ।
१ भदाै,विराटनगर । कोशी प्रदेशकाे प्रदेशसभा बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।
आजको बैठकको सुरूमा निवर्तमान सभामुख बाबुराम गौतमले दिएको राजीनामाबारे जानकारी गराउने र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को गठन तथा प्रदेश मन्त्रिपरिषद् बिस्तार सम्बन्धी पत्र वाचन हुने कार्यसूची छ । आजैबाट २०८०/८१ काे बजेट अध्यादेश सम्बन्धी छलफल गर्ने तयारीसमेत छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



