२०८३ जेष्ठ २१ बिहीबार

कोशी प्रदेश नामाकरणमा उठेका समस्या सम्बोधन गर्न सरकार तयार: मुख्यमन्त्री थापा

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्दव थापाले प्रदेशको नामाकरण विषयमा उठेका समस्या समाधानका लागि सरकार तयार रहेको बताएका छन् ।

शुक्रबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा मुख्यमन्त्री थापाले प्रदेशको नाममा उठेका सबै प्रश्नहरू माग र मुद्दालाई सम्बोधन गर्न प्रदेश सरकार तयार रहेको बताका हुन् ।

प्रदेशको नामाकरण परिवर्तनका लागि संविधानत:  र वार्ताद्वारा हल गर्नेतर्फ गठबन्धन दलहरू उन्मुख रहेको मुख्यमन्त्री थापाले प्रष्ट पारे ।

विश्वासको मतका लागि दलहरूबीच छलफल सुरू हुने मुख्यमन्त्री थापाले जानकारी दिए । गठबन्धन दलको बैठकबाट विश्वासको मत लिने मिति र रणनीतिबारे प्रक्रिया थालनी हुने उनको भनाइ छ । पत्रकार सम्मेलनमा मुख्यमन्त्री थापाले जनता समाजवादी पार्टी (जसपा) चाँडै सरकारमा सहभागी हुने दावी गरे।

जसपा प्रदेश नामाकरणका क्रममा पहिचानको पक्षमा उभिदै आएको छ।

२०८० श्रावण २६, शुक्रबार प्रकाशित 0 Minutes 327 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।