२०८३ जेष्ठ २१ बिहीबार

तीन नयाँ खेलाडी समेट्दै टी-२० विश्वकप छनोट खेल्ने महिला क्रिकेट टिम घोषणा

२६ साउन, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी महिला टी-२० विश्वकपको एशिया छनोटको बिहीबार तीन नयाँ खेलाडी समेट्दै नेपाली टिमको घोषणा गरेको छ ।

रुबिना क्षेत्रीको कप्तानीमा रहेको १४ सदस्यीय टोलीमा पुजा महतो, रुबी पोदा र खुशी डंगोल नयाँ अनुहारका रुपमा छन् ।

जुनमा हङकङमा भएको एसीसी महिला इमर्जिङ कपमा टोलीमा रहेका ज्योती पाण्डे, सरस्वती कुमारी र कृतिका मरासिनी टिमबाट बाहिरिएका छन् ।

आईसीसी महिला टी-२० विश्वकपको एशिया छनोट यही अगष्ट ३१ देखि सेप्टेम्बर ९ सम्म मलेसियामा आयोजना हुँदैछ ।

जसमा नेपालसहित १२ राष्ट्रले खेल्नेछन् । नेपाल रहेको समूह ए मा बहराइन भुटान, मलेसिया, कतार र यूएई छन् भने समूह बी मा चीन, हङकङ, कुवेत, म्यान्मार र थाइल्याण्ड छन् ।

दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने छन् भने फाइनल पुग्ने दुई टोलीले टी-२० महिला विश्वकपका लागि २०२४ मा ग्लोबल क्वालिफायर खेल्नेछन् । जहाँ १० टिमले प्रतिस्पर्धा गर्नेछन् र शीर्ष दुई टोली २०२४ सेप्टेम्बर-अक्टोबरमा बंगलादेशमा हुने टी-२० विश्वकपमा छनोट हुनेछन् ।

नेपाली टोली

रुबिना क्षेत्री (कप्तान), सीता रानामगर, इन्दु बर्मा, बिन्दु रावल,कविता कुँवर, कविता जोशी, पूजा महतो,सम्झना खड्का,ईश्वरी विष्ट, काजोल श्रेष्ठ, रुबी पोदार, अप्सरी बेगम, अस्मिना कर्माचार्य, खुशी डंगोल

२०८० श्रावण २६, शुक्रबार प्रकाशित 1 Minute 324 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।