२०८३ जेष्ठ २९ शुक्रबार

पूर्वीनाका काँकरभिट्टामा थप सिसी क्यामेरा जडान, गति मापन पनि हुने

काँकरभिट्टा । पूर्वी नाका काँकरभिट्टामा सिसीक्यामेरा थप जडान गरिएको छ । नाकाको सुरक्षा र निगरानीका लागि सिसीक्यामेरा जडान गरिएको हो ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब उपरीक्षक दीपक भारतीका अनुसार सिसीक्यामेरा जडानपछि गति मापनमासमेत मद्दत पुग्ने छ । मेचीनगर-६ काँकरभिट्टास्थित पूर्व-पश्चिम राजमार्गको पुरानो भन्सार क्षेत्रमा दुई सिसी क्यामेरा जडान गरिएका छन् ।

सिसीक्यामेराको सवै गतिविधिको निगरानी इलाका प्रहरी कार्यालय काँकरभिट्टा कार्यालयले गर्नेछ ।

कोशी प्रदेश प्रहरी कार्यालयले काँकरभिट्टाका साथै विराटनगरमासमेत सिसीक्यामेरा जडान गरेको छ । दुर्घटना र अपराध न्यूनीकरणमा यसबाट सघाउ पुग्ने प्रहरी नायब उपरीक्षक भारती बताउँछन् ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाका अनुसार पूर्वीनाका काँकरभिट्टालाई सुरक्षित सहरका रूपमा विकसित गर्न हरेक चोक र सडकमा सिसीक्यामेरा जडान गर्ने कार्य थालिएको छ ।

मेची सामुदायिक सेवा केन्द्रको संयोजनमा हालसम्म ४२ क्यामेरा विभिन्न स्थानमा जडान भइसकेका छन् ।

२०८० श्रावण २६, शुक्रबार प्रकाशित 1 Minute 641 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।