झापा । कुटपिटबाट श्रीमतीको मृत्यु भएको भन्ने मौखिक उजुरीपछि सोमवार कनकाई माईको घाटमा दाहसस्कार गर्न ल्याएको शवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उपचारका क्रममा आज सोमवार कञ्चनजंघा अस्पताल बिर्तामोडमा कनकाई नगरपालिका ३ सुरुङ्गाकी ३२ बर्षिय पुजा कोचकारको मृत्यु भएको थियो । घरमा अरुवेला समेत झगडा परिरहने भएकोले श्रीमान र जेठी श्रीमतीको कुटपिटबाट कान्छी श्रीमतीको मृत्यु भएको हुनसक्ने भन्दै स्थानीयले प्रहरीमा उजुरी गरेसगै इलाका प्रहरी कार्यालय बिर्तामोडको प्रहरी टोलीले मृतक कोचकारको शवलाई जलाउन तयारी अवस्थाको शवलाई थप अनुसन्धानका लागि लगेको छ ।स्थानीयको मौखिक उजुरीपछि शवलाई पोस्टम्याटमका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर पठाइएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक सुरज कार्कीले बताए । यता कञ्चनजंघा अस्पताल बिर्तामोडका डाक्टर प्रमोदकुमार शाहले उपचारका लागि ल्याइएकी पुजाको लिभरमा ज्यादै समस्या देखिएर अन्तिम अवस्थामा ल्याएको र सोही कारण उपचारका क्रममा मृत्यु भएको बताए ।

घर निर्माणको ठेक्कापट्टा सम्बन्धि काम गर्दै आएका कनकाई नगरपालिका ३ निवासी ५० बर्षिय चोपेन्द्र कोचकारका २ श्रीमती मध्ये मृतक कान्छी श्रीमती हुन । उनीहरुका एक १० बर्षिय छोरासमेत रहेका छ । यसअघि श्रीमान श्रीमतीविच मादक पदार्थ सेवन गरेर झगडा हुने गरेको भएपनि यसपटक भने विरामी भएरै उपचारका लागि लगिएको स्थानीयको भनाई रहेको छ । घटनावारे प्रहरीले अनुसन्धान थालेको र पोस्ट म्याटम रिर्पोट आएपछि थप अनुसन्धान हुने प्रहरीको भनाई रहेको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



