२०८३ जेष्ठ २९ शुक्रबार

मेचीनगरमा ‘वन ऐन’मा छलफल

धुलाबारी, २१ साउन । सामुदायिक वन मेचीनगर महासंघको आयोजनामा वन ऐन तथा सामुदायिक वन सम्बन्धी एक दिवसीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

मेचीनगर–९ स्थित थोप्लेविरान सामुदायिक वनको सभाहलमा आइतबार आयोजित प्रशिक्षणमा वन ऐनमा उल्लेखित बँुदा तथा सामुदायिक वनले खेलेको भूमिकाको विषयमा छलफल गरिएको थियो । नगरका १३ वटा सामुदायिक वन समूहका सहभागी पदाधिकारीलाई सामुदायिक वन महासंघ सल्लाहकार संयोजक संगीता थापा, महासंघ जिल्ला झापा अध्यक्ष बेदप्रकाश भण्डारी, मेची सव डिभिजन प्रमुख कुलप्रसाद भट्टराईले प्रशिक्षण दिएका थिए ।

नगर महासंघकी अध्यक्ष जानुका ओलीको अध्यक्षता तथा मेचीनगर वडा नम्बर ९ का वडाध्यक्ष कञ्चन तामाङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगर महासंघ सल्लाहकार लता प्रसाईं र वडाध्यक्ष तामाङले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा वडा सदस्य सुष्मा कार्की, कोशी प्रदेश महासंघ लेखा संयोजक चन्द्र सिग्देल, सदस्य चन्द्र दास, महासंघ जिल्ला सदस्य अम्बर लिम्बु, सदस्य योगेश भट्टराईं, रोश्नी श्रेष्ठ, अम्बिका प्रसाईं, इन्द्र पाठक लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन नगर महासंघ सचिव युवराज रेग्मीले गरेका थिए ।

२०८० श्रावण २१, आईतवार प्रकाशित 0 Minutes 387 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।