झापा । इलाम माङसेबुङ गाउँपालिकाका एक युवक प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित झापामा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले शनिवार साँझ साढे ७ बजे भारतबाट नेपालतर्फ आउँदै गरेका इलाम माङसेबुङ गाउँपालिका-९ का युवराज लिम्बूलाई झापा गाउँपालिका- ४ बाट पक्राउ गरेको हो ।
साइकल चढेर आउँदै गरेका ३० वर्षीय लिम्बूलाई शङ्का लागेर चेकजाँच गर्दा २ ग्राम ४ सय ५० मिलिग्राम ब्राउन सुगर फेला पारेको थियो । उनले साइकलको ह्यान्डलभित्र लुकाइछिपाई ल्याउँदै गरेको अवस्थामा ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



