कनकाई । झापामा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी (बलात्कार) गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कनकाई नगरपालिका–९ निवासी २३ वर्षीय प्रवास राजवंशी रहेको प्रहरीले जनाएको छ ।
राजवंशीले ती किशोरीलाई गत असार १८ गते दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



