२०८३ जेष्ठ २९ शुक्रबार

इलामको अन्तुमा सुतेकै अवस्थामा एक कर्मचारी मृत फेला

इलाम । इलामको पर्यटकीय क्षेत्र अन्तुको एक होटलमा एक व्यक्ति मृत अवस्थामा भेटिएका छन् । प्रहरीका अनुसार हेटौँडा उपमहानगरपालिका सवारी चालक मृत फेला परेका हुन् ।

प्रहरीका अनुसार अन्दाजी ५० वर्षीय सञ्जु लोप्चन तामाङ सुतेकै अवस्थामा बिहान साढे ५ बजे मृत फेला परेका हुन् । पशुपतिनगर प्रहरीले मृतक पनि अन्तु घुम्न आएको उपमहानगरका कर्मचारीको टोलीमै रहेको उल्लेख गरेको छ । उनी सवारी चालक हुन् । तामाङ राति ११ बजेतिर साथीहरूसँगै सुतेको र बिहान मृत भेटिएको प्रहरीले जनाएको छ । तामाङको मृत्युबारे उनको परिवारलाई सूचना गरिसकेको प्रहरीले जनाएको छ ।

२०८० श्रावण १४, आईतवार प्रकाशित 0 Minutes 372 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।