२०८३ जेष्ठ २१ बिहीबार

कोशी प्रदेशका सभामुखले राजीनामा दिनुपर्छ : विश्वप्रकाश शर्मा

१२ साउन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोशी प्रदेशका सभामुख बाबुराम गौतमले राजीनामा दिएर सरकार बनाउन सहयोग गर्नुपर्ने बताएका छन् ।

सत्ता गठबन्धनले गौतमको हस्ताक्षरसहित सरकार बनाएर गल्ती गरेको स्वीकारेको भन्दै महामन्त्री शर्माले प्रश्न गरे, ‘जब गल्ती थियो भनिसकेपछि हामीले त्यसलाई महसुस गर्छौं भने सभामुखले महसुस गर्नुपर्दैन?’

सभामुखको पदमा अब बस्न हुँदैन भनेर गौतमको अन्तरात्माले भन्नुपर्ने शर्मा बताउँछन् ।

सत्ता गठबन्धनबाट कांग्रेसबाट उद्धव थापा मुख्यमन्त्री बनाउँदा बहुमत संख्या पुर्‍याउनका लागि गौतमले हस्ताक्षर गरेका थिए । ‘अस्थिरता नहोस् भनी उहाँले त्यसबेला हस्ताक्षर गर्नुभयो भने अहिले सरकारविहीन नहोस् भन्नका लागि उहाँले राजीनामा गर्नुपर्दछ’, शर्माले अनलाइनखबरसँग भने ।

भूमिका परिवर्तन गरी सरकारविहीनतालाई गौतमले साथ दिनुपर्ने शर्माको तर्क छ ।

गौतमले सभामुखबाट राजीनामा गरेर हस्ताक्षर गरेपछि सत्ता गठबन्धनलाई बहुमतका लागि ४७ जना पुग्दछन् । राष्ट्रिय प्रजातन्त्र पार्टी विना सत्ताघटकलाई बहुमत पुर्‍याउन गौतमलाई राजीनामा गराउनु मात्रै विकल्प छ ।

२०८० श्रावण १२, शुक्रबार प्रकाशित 0 Minutes 353 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।