२०८१ बैशाख १८ मंगलवार

मेचीनगर-२ को दुई दिने कृषि अवलोकन भ्रमण

भृकुटी । आफ्नो वडामा रहेका कृषि क्षेत्रमा आत्मानिर्भर सहित कृषकहरुलाई प्रोत्साहन गर्ने उदेश्यले मेचीनगर २ ले दुई दिने कृषि अवलोकन भ्रमण सम्पन्न गरेको छ ।

वडा कार्यालयको कृषि क्षेत्रमा रहेको बजेट मार्फत कृषकहरुको भ्रमण गरिएको हो । भ्रमणका लागि वडा कार्यालयले १ लाख ५० हजार बिनियोजन गरेको थियो । वडा अध्यक्ष दिपक बरालको नेतृत्वमा वडाका २९ जना कृषकहरुको सहभागिता रहेको भ्रमणमा कृषि तथा अनुसन्धान केन्द्र बाख्रीबास धरान, सोताङ्ग कृषि फर्म र तरहरा मत्स्य तथा भैसी फर्म, मुलघाटको उखु विकास केन्द्रको अवलोकन गरिएको थियो भने बाटामा रहेका विभिन्न कृषि क्षेत्रका सामाग्रीहरुको प्रत्यक्ष अवलोकन गरिएको वडा अध्यक्ष बरालले बताए ।

भ्रमणमा वडा कार्यालयका सचिव राजेन्द्र राई, वडाका सबै जनप्रतिनिधि, नगरका पशु तथा कृषि प्राबिधिक कर्मचारीहरुको सहभागिता रहेको थियो । भ्रमण पुस १५ र १६ गते सार्वजनिक विदाका दिन आयोजना गरिएको थियो ।

२०७९ पुष १७, आईतवार प्रकाशित 0 Minutes 841 Views

ताजा समाचार