२०८३ जेष्ठ २१ बिहीबार

चीनमा ब्यामशाला भत्किँदा ११ जनाको मृत्यु

काठमाडौं : उत्तरपूर्वी चीनमा भारी वर्षाका कारण विद्यालयको व्यायामशालाको छत भत्किँदा ११ जनाको मृत्यु भएको छ।

जिम रहेको भवनको छत भत्किँदा १९ जना भित्रै फसेका छन्। उक्त दुर्घटनामा पर्नेहरु अधिकांश बालबालिका रहेको ग्लोबल टाइम्सले जनाएको छ। यो घटनापछि प्रहरीले औद्योगिक हेलोङजियाङ प्रान्तको क्विहार शहरमा रहेको उक्त भवनको इन्चार्जलाई पक्राउ गरेको छ।

भवनको छत भत्किँदा चारजना भने भाग्न सफल भएका छन्। भग्नावशेषबाट निकालिएका १५ जनामध्ये चार जना मात्रै बाँचेका छन्।

छानबिनमा संलग्न अधिकारीहरुले जिम रहेको भवनको छत वर्षाको पानीले भरिएर भिजेको र स्थानीय समयअनुसार आइतबार दिउँसो ३ बजे उक्त घटना भएको जनाएका छन्।

२०८० श्रावण ८, सोमबार प्रकाशित 0 Minutes 306 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।