मेचीनगरमा भ्यानको ठक्करबाट युवकको मृत्यु

मेचीनगर, २७ असार । मेची राजमार्ग सडकखण्डअन्तर्गत इलामबाट आएको पिकअप भ्यानले बिहीबार राती ठक्कर दिँदा मेचीनगर-१२ स्थित एक युवकको मृत्यु भएको छ ।

बिहीवबार राती साढे आठ बजेतिर उक्त दुर्घटना भएको हो । मृत्यु हुनेमा स्थानीय ३५ वर्षीया राजन दर्जी रहेको वडाध्यक्ष मधु निरौलाले बताए ।

‘राजन दर्जीलाई गाडीले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो,’ वडाध्यक्ष निरौलाले भने-‘गाडीको पूरा विवरण खुल्न सकेको छैन ।’

दुर्घटनापछि घटनास्थलबाट गाडी भागेको बताइएको छ । घटनास्थलमा प्रहरी टोली आइपुगेको निरौलाले जानकारी दिए ।

२०८० असार २८, बिहीबार प्रकाशित 1 Minute 541 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

https://www.cotillon-de-fete.fr/