मेचीनगर, असार २६ । मेचीनगर-१० धुलाबारीस्थित मन्टेश्वरीको सेफ्टी ट्यांकीमा डुबेर गम्भीर घाइते भएका आठ बर्षीया बालकको अस्पतालमा मृत्यु भएको छ ।
धुलाबारीस्थित पूर्व-पश्चिम राजमार्ग उत्तर रहेको सानो साथी किन्डर गार्टेन (मन्टेश्वरी)को शौचालयको सेफ्टी ट्यांकीमा डुबेर सख्त घाइते भएका मेचीनगर-१० का तान्छोक लिम्बुको उपचारका क्रममा भरखरै मृत्यु भएको इलाका प्रहरी कार्यालय धुलाबारीका प्रमुख अनिल मावोहाङले जानकारी दिए ।

उनका अनुसार बालकको मृत्यु भएपनि परिवारले शव बुझ्न मानेको छैन ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



