२०८३ जेष्ठ २१ बिहीबार

कोशीमा जीवन आचार्य आर्थिक मामिला मन्त्री, चार जना बिनाविभागीय

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आइतबार थप तीन जना मन्त्री नियुक्त गरेका छन्।

आइतबार नियुक्त भएका मन्त्रीहरू जीवन आचार्य, राजेन्द्र कार्की र रामकुमार खत्रीले आजै प्रदेश प्रमुख परशुराम खापुङबाट पद तथा गोपनियताको सपथ लिएका छन्।

आज मन्त्री नियुक्त हुनेमा आचार्य र कार्की माओवादी केन्द्रका हुन् भने खत्री नेपाली कांग्रेसका हुन्।

मन्त्री भएकामध्ये आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ भने अरू दुई जना बिनाविभागीय मन्त्री बनेका छन्।

यसअघि मुख्यमन्त्री थापाले शुक्रबार कांग्रेसका प्रदीप सुनुवार र एकीकृत समाजवादीका कमल जवेगुलाई मन्त्री बनाएका थिए। उनीहरूको पनि जिम्मेवारी तोकिएको छैन।

२०८० असार २४, आईतवार प्रकाशित 0 Minutes 303 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।