२०८३ जेष्ठ २१ बिहीबार

सहकारी र लघुवित्त संस्था ठूला मिटरब्याजी हुन् : प्रदीप यादव

काठमाडौं । जनता समाजवादी पार्टी प्रमुख सचेतक प्रदीप यादवले गाउँको साहु महाजनभन्दा बढी सहकारी र लघुवित्त संस्था मिटरब्याजी भएको बताएका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले मिटरब्याजी सम्बन्धमा सरकारले एकतर्फी मात्र भएर बोल्न वा व्यवस्था गर्न नहुने बताए ।

“यो विधेयक पास गर्दा सहकारी, बैंक वित्तीय संस्थाको विषय पनि समावेश हुनुपर्छ,” उनले भने ।

प्रमुख सचेतक यादवले विधेयक हतारमा ल्याउनु सरकारको लापारवाही भएको बताए । उनले यसरी विधेयक आउँदा तयारी गर्न नपाइने, अध्ययन गर्न नपाइने भएकाले अन्दाजको भरमा बोल्नुपर्ने अवस्था रहेको बताए ।

२०८० असार १७, आईतवार प्रकाशित 0 Minutes 267 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।