२०८१ बैशाख १८ मंगलवार

तमु ल्होसारमा जेष्ठ नागरिक सम्मानित

काँकभिट्टा, १५ पुस । मेचीनगरका गुरुङ समुदायले शुक्रबार २६०७ औँ तमु ल्होसार पर्व विविध कार्यक्रम गरी मनाएका छन् ।

तमु ह्युल छोज धिँ गुरुङ राष्ट्रिय परिषद मेचीनगरले ङाग्युर देछ्छेन छोलिङ गुम्बा मेचीनगर-७ मा आयोजना गरेको कार्यक्रमको उद्घाटन मेचीनगर नगर उपप्रमुख मीना पोखरेल उप्रेती र संविधान सभा सदस्य उषा गुरुङले संयुक्त गरेका थिए ।

आयोजक परिषद्का अध्यक्ष सुभास गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा संविधानसभा सदस्य उषा गुरुङ, नेपाल आदिवासी जनजाति महासंघ मेचीनगर समन्वय परिषदका अध्यक्ष ओमप्रकाश खापुङ, मेचीनगर वडा नम्बर-७ का वडाध्यक्ष प्रल्हादमणि ओलीलगायतले शुभकामना मन्तव्य राखेका थिए । सचिव होमराज गुरुङले सञ्चालन तथा परिषदका उपाध्यक्ष प्रकाश गुरुङले स्वागतसहित कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।

कार्यक्रममा तमु कलाकारले आफ्नो पहिचान र कला झल्किने भेषभूषामा साँस्कृतिक कार्यक्रम गरेका थिए भने तमु समुदायका ज्येष्ठ सदस्य ८० वर्षीय केशरबहादुर गुरुङ र ८९ वर्षीया चन्द्रमाया गुरुङलाई सम्मान गरिएको थियो ।

२०७९ पुष १५, शुक्रबार प्रकाशित 1 Minute 343 Views

ताजा समाचार