२०८१ बैशाख १५ शनिबार

कांग्रेस प्रदेश १ संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित

नेपाली कांग्रेस प्रदेश नम्बर १ को संसदीय दल नेतामा उद्धब थापा निर्वाचित भएका छन्।

पार्टीको प्रदेश नम्बर १ सभापतिसमेत रहेका प्रदेश सभा सांसद थापाले १८ मत ल्याएर विजयी भएका हुन्।

उनी समानुपातिकतर्फबाट प्रदेश सभा सांसद बनेका थिए। उद्धव नेता कृष्णप्रसाद सिटौलानिकट मानिन्छन्।

अर्का उम्मेदवार केदार कार्कीले ९ मत ल्याए भने अमृत अर्यालले २ मत मात्रै पाएका छन्। कार्की नेता शेखर कोइराला पक्षका हुन् भने अर्याल सभापति शेरबहादुर देउवानिकट मानिन्छन्।

संस्थापन पक्षबाट २ जना र संस्थापनइतर समूहबाट १ जना गरी संसदीय दल नेतामा ३ जना उम्मेदवार थिए।

२०७९ पुष १५, शुक्रबार प्रकाशित 0 Minutes 547 Views

ताजा समाचार