२०८३ जेष्ठ २१ बिहीबार

नेपालमा पनि भेटिए मंकिपक्स संक्रमित

नेपालमा पहिलो पटक मंकिपक्स भाइरस संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा।समीरकुमार अधिकारीले शुक्रबार विज्ञप्ति जारी गरी मंकिपक्स भाइरस (एमपक्स) सङ्क्रमण देखिएको जानकारी दिए।

‘एक ६० वर्षीय विदेशी महिलामा एमपक्ससँग मिल्दोजुल्दो लक्षण देखिएपछि काठमाडौंको अस्पतालमा परीक्षण भइरहेको थियो’, विज्ञप्तिमा भनिएको छ, “ती महिलाको शरीरबाट नमूना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा आज एमपक्स संक्रमण पुष्टि भएको हो।’

मंकिपक्सको बारेमा थप खोज अनुसन्धान तथा उपचार जारी रहेको जनाइएको छ। मंकिपक्स हाल १११ देशमा फैलिसकेको छ ।

यो मंकिपक्स भाइरसबाट हुने एक किसिमको सरुवा रोग हो। यो एमपक्स रोग मानिसबाट मानिसमा वा जनावारबाट मानिसमा सर्छ । सन् १९८० मा विफरको उन्मूलन र विश्वव्यापी विफर खोपको अन्त्यपछि मंकिपक्स मध्य, पूर्वी र पश्चिमा अफ्रिकामा निरन्तर फैलिइरहेको छ।

२०८० असार २, शनिबार प्रकाशित 0 Minutes 362 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।