मेचीनगरमा दुई ट्रक ठोक्किँदा एक जनाको मृत्यु

मेचीनगर । मेचीनगरमा शनिवार बिहान दुई ट्रक एकापसमा ठोक्किँदा  एक जनाको मृत्यु भएको छ ।

मेचीनगर नगरपालिका–१५ स्थित सडकमा रोकी राखेको ना २ ख ८७९९ नम्बरको ट्रकमा मे १ ख ६०५ नम्बरको ट्रक ठक्कर खाई दुर्घटना हुँदा मे १ ख ६०५ नम्बरको ट्रकको सहचालकको मृत्यु भएको छ ।

ठेगाना नखुलेका २० वर्षीय अनमोल कार्कीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनापछि मे १ ख ६०५ नम्बरको ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

२०८० जेष्ठ २७, शनिबार प्रकाशित 0 Minutes 587 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

https://www.cotillon-de-fete.fr/