२०८३ जेष्ठ २९ शुक्रबार

दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने झापाकी मुनादेवीसहित दुई पक्राउ

झापा । विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको दमक नगरपालिका- १० घर भई हाल काठमाडौँ बस्दै आएकी ४५ वर्षीया मुना देवी कार्की र सोलुखुम्बुको लिखुपिके गाउँपालिका-१ घर भई हाल काठमाडौँमा बस्दै आएका ४६ वर्षीय शेरबहादुर तामाङ रहेका छन् ।

कार्कीले उमेश श्रेष्ठलाई वैदेशिक रोजगारीका लागि दुबई पठाइदिन्छु भन्दै चार लाख ५० हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तामाङले खुमबहादुर रानालाई वैदेशिक रोजगारीका लागि कम्बोडिया पठाइदिन्छु भनी पाँच लाख रुपैयाँ ठगी गरेको पाइएको छ । उनीहरू दुवै जनालाई पक्राउ गरी थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ ।

२०८० जेष्ठ २४, बुधबार प्रकाशित 1 Minute 1042 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।