२०८१ बैशाख १७ सोमबार

झापामा अत्यधिक गर्मीका कारण एक वृद्धको मृत्यु

दमक । झापामा अत्यधिक गर्मीका कारण एक वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दमक नगरपालिका–८ निवासी ७८ वर्षीय मोतीराज राई रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

आइतबार दिउँसो घाँस काट्न मकै बारीमा गएका उनी अत्यधिक गर्मीका कारण त्यहाँ ढलेका थिए । उनको घटनास्थलमै मृत्यु भएको वडा अध्यक्ष दीपेश दाहालले जानकारी दिए ।

२०८० जेष्ठ २२, सोमबार प्रकाशित 0 Minutes 487 Views

ताजा समाचार