बिर्तामोड । बिर्तामोड नगरपालिका- २ चारपानेस्थित बैसाबारी जाने सडकमा मे १ ख २८४९ नम्बरको टिपरले अनियन्त्रित भई ठक्कर दिँदा दुई वटा सवारीसाधन र एउटा घरमा क्षति पुर्याएको छ ।
आज मध्यान्ह १२ बजे शनिश्चरेतर्फ जाँदै गरेको सो टिपरले सुरुमा मे १ त ३३२९ नम्बरको ट्याक्टरलाई ठक्कर दिएको थियो । त्यसपछि अनियन्त्रित भई पशुपति खतिवडाको घरभित्र राखिएको बा ८ च ७८०० नम्बरको कारलाई ठक्कर दिएको छ ।

टिपरको ठक्करबाट खतिवडाको घर र घरभित्रको कारमा क्षति पुगेको छ । दुर्घटनामा ट्याक्टर चालक २२ वर्षीय जितेन्द्र श्रेष्ठ घाइते भएका छन् । टिपर चालक अर्जुनधारा ८ बस्ने २४ वर्षीय सुजन तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



