२०८३ जेष्ठ २१ बिहीबार

उद्योग मन्त्री सिटौला चढेको गाडीमा आक्रमण प्रयास

झापा । कोशी नाम खारेजीको मागसहित आन्दोलनरत पहिचानवादीहरूले प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलामाथि कालो झन्डा देखाउँदै आक्रमणको प्रयास गरेका छन् ।

सिटौलामाथि हिजो उदयपुरको जलजलेमा पहिचान पक्षधरले कालो झन्डा देखाउँदै आक्रमण प्रयास गरेका हुन् । कालो झन्डा देखाउँदै आफ्नो गाडीलाई रोक्ने प्रयास गरेकोमा आफूहरूले गाडी नरोकेको मन्त्री सिटौलाले बताए । ‘ एक जनाले गाडीको सिसामाथि हातले हिर्काउँदै थिए’उनले भने,‘तर हामीले गाडी हिडाइहाल्यौं ।’

त्यसअघि उनीहरूले अस्ति धरानमा मुख्यमन्त्री हिकमत कार्कीलाई कालो झन्डा देखाएका थिए । प्रदेश सरकारले वार्ताका लागि आव्हान गरिसकेपनि पहिचान पक्षधरहरूले आन्दोलन जारी राखेका छन् ।

२०८० जेष्ठ २१, आईतवार प्रकाशित 0 Minutes 460 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।