२०८२ बैशाख २८ आईतवार

नेपालमा जातजातिको संख्या पुग्यो १४२

नेपालमा जातजातिको संख्या १४२ पुगेको छ।

जनगणना २०७८ को जातजाति सम्बन्धी तथ्यांकअनुसार एक दशकमा १७ वटा जातजातिको संख्या बढेको हो।

जनगणना २०६८ मा १२५ जातजाति थिए।

जातजाति, भाषा तथा धर्मसँग सम्बन्धित यी तथ्यांक उत्तरदाताहरूले दिएका जवाफका आधारमा र विज्ञ समूहसँग परामर्श लिएर प्रकाशित गरिएको तथ्यांक कार्यालयले जनाएको छ।

जनगणना २०७८ अनुसार जातजातिको संख्या १४२, मातृभाषा संख्या १२४ र धर्म संख्या १० कायम भएको छ।

२०८० जेष्ठ १९, शुक्रबार प्रकाशित 0 Minutes 360 Views

ताजा समाचार