२०८३ जेष्ठ २९ शुक्रबार

नागरिकता विधेयक प्रमाणीकरण खोरजीको माग गर्दै झापामा प्रदर्शन

बिर्तामोड । नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा झापाका युवा विद्यार्थीले विरोध जनाएका छन् । बिहीबार साँझ बिर्तामोडको मुक्ति चोकमा राँके जुलुससहित युवा विद्यार्थीले विरोध गरेका हुन् ।

अनेरास्ववियु झापा र राष्ट्रिय युवा संघ झापाको आयोजनामा विरोध र्‍याली सम्पन्न गरिएको थियो । नागरिकता विधेयक खारेजीको माग गर्दै विद्यार्थीहरूले नाराबाजी गरेका थिए । युवा, विद्यार्थीले प्रधानमन्त्रीको भारत भ्रमण कै दिन नागरिकता विधेयक प्रमाणीकरण हुनुले शंका पैदा गरेको बताए ।

अनेरास्ववियु झापाका अध्यक्ष रोशन लामाले नेपाली महिलालाई दोस्रो दर्जामा राख्ने गरी नागरिकता विधेयक प्रमाणीकरण गरिएको दाबी गरेका छन् । उनले तत्काल विधेयक खारेज गरेर संसद्मा लैजानुपर्ने धारणा राखे । अध्यक्ष लामाले नयाँ र वैकल्पिक शक्तिको मुल्याङकन गर्ने सही बेला पनि यही भएको प्रतिक्रिया दिएका छन् ।

कोणसभामा बोल्दै युवा सङ्घका जिल्ला संयोजक फुर्वा लामाले अहिलेको सत्ता जनताको हितमा नरहेको बताए । उनले तत्काल सरकारले गलत कदम सुधार नगरे परिणाम दुखद हुने चेतावनी दिए ।

२०८० जेष्ठ १९, शुक्रबार प्रकाशित 0 Minutes 322 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।