२०८१ बैशाख १७ सोमबार

झापाको कनकाई नदीमा डुबेर एक युवकको मृत्यु

कनकाई । कनकाई नदीमा डुबेर एक युवकको मृत्यु भएको छ । अत्यधिक गर्मीका कारण कनकाई नदीमा पौडी खेल्न जाँदा डुबेर कनकाई नगरपालिका-२ का २१ वर्षीय सलिम गुरागाईँको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार गुरागाईँ साथीहरूसँग स्थानीय कनकाई नदीको दोमुखा क्षेत्रमा दिउँसो ४ बजेतिर पौडी खेल्न गएको गुरागाईँको ४ः १५ बजेतिर डुबेर मृत्यु भएको थियो । मृतकको शवलाई पोस्टमार्टमका लागि दमकतर्फ लगिएको छ ।

२०८० जेष्ठ १९, शुक्रबार प्रकाशित 1 Minute 263 Views

ताजा समाचार