कनकाई । कनकाई नदीमा डुबेर एक युवकको मृत्यु भएको छ । अत्यधिक गर्मीका कारण कनकाई नदीमा पौडी खेल्न जाँदा डुबेर कनकाई नगरपालिका-२ का २१ वर्षीय सलिम गुरागाईँको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार गुरागाईँ साथीहरूसँग स्थानीय कनकाई नदीको दोमुखा क्षेत्रमा दिउँसो ४ बजेतिर पौडी खेल्न गएको गुरागाईँको ४ः १५ बजेतिर डुबेर मृत्यु भएको थियो । मृतकको शवलाई पोस्टमार्टमका लागि दमकतर्फ लगिएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



