२०८१ बैशाख १५ शनिबार

मुम्बईबाट ‘तीन कुरा’ सम्झाउँदै रविले भने– शान्त विद्रोह सुरु गर्नुहोला

काठमाडौं । राष्ट्रिय स्वन्तत्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्रपतिबाट प्रमाणीकरण भएको नागरिकता विधेयक विभेदपूर्ण रहेको भन्दै शान्त विद्रोह गर्न आह्वान गरेका छन् ।

निजी कामका लागि भारतको मुम्बईमा रहेका लामिछानेले सामाजिक सञ्जालमार्फत पार्टीपंक्तिलाई तीन कुरा सम्भाmउँदै शान्त विद्रोहको लागि आह्वान गरेका हुन् ।

उनले हामी किन राजनीतिमा आयौँ, हामीलाई नेपाली जनताले किन भोट दिए र ८४ सालमा जनता हामीलाई कहाँ हेर्न चाहन्छन् भन्ने कुरा नभुल्न पार्टीपंक्तिलाई आह्वान गरेका छन् ।

प्रिय रास्वपा परिवारका साथीहरू, म पुर्वनिर्धारित, पुर्णतः गैर राजनीतिक र नितान्त निजी कामले मुम्बईमा छु। नेपाली जनताले ठुलो आशा भरोसा बोकेर हामीलाई संसदमा पठाएका हुन्। यो हाम्रो जागिर होइन, बिद्रोह हो। हामीले जनताको बाहेक कसैको आवज सुन्नु पर्दैन। मुलुकको हित बाहेक हामीले कसैको हितलाई ध्यान दिनु पर्दैन। ३ वटा कुरा नबिर्सौं।
१) हामी किन राजनीतिमा आयौं।
२) हामीलाई नेपाली जनताले किन भोट दिए।
३) ८४ सालमा जनता हामीलाई कहाँ हेर्न चाहन्छन् ।
शान्त विद्रोहका चरणवद्द कार्यक्रमहरु शुरु गर्नु होला तर जनताले रतिभर दुख नपाउन्। आइतबार पछि म जोडिने नै छु।
योग्य हुदा हुदैपनि अनागरिक हुन वाध्य पारिएका कयौं पीडित नेपालीहरुले आफ्नो नागरिकताको अधिकार प्राप्त गर्नु पर्छ भन्ने कुरामा हाम्रो कहिल्यै, कहिँ बिमती थिएन, छैन। र हामी नेपाली महिलाहरुलाई “पतिको पहिचान नखुलेको” लेख्नु पर्ने अपमानजनक प्रावधानको विपक्षमा छौं। आम शुभेच्छुकहरुले हाम्रो विज्ञप्ति राम्ररी, पुरै पढ्ने प्रयास गरिदिनु होला।

२०८० जेष्ठ १८, बिहीबार प्रकाशित 1 Minute 211 Views

ताजा समाचार